काठमाडौँ ७ मा एमालेमाथि घन्टीको हमला, अग्रता बढ्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काठमाडौँ ७ मा एमालेमाथि घन्टीको हमला, अग्रता बढ्यो



काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा एमालेका श्याम कुमार घिमिरे फेरि पछि परेका छन् ।

घिमिरेलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली अगाडि आएका हुन् ।

बीचमा एमालेले अग्रता लिएको थियो । घण्टी चिन्ह लिएर उठेका पराजुलीले २६६९ मत पाएका छन् ।

यस्तै एमालेका घिमिरेले २५८७ मत पाएका छन् । माओवादीबाट उठेकी मानुषीको २१५८ मत रहेको छ ।