काठमाडौं ७ मा घण्टी धेरै अगाडि, मानुषी तेस्रो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौं ७ मा घण्टी धेरै अगाडि, मानुषी तेस्रो



काठमाडौँ- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधिसभातर्फको मतगणना भइरहेको छ ।

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । यस क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो र माओवादी केन्द्रका उम्मेदवार तेस्रो नम्बरमा छन् ।

काठमाडौं ७ मा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मत प्राप्त गरेका छन् ।

एमालेका श्यामकुमार घिमिरेले ९३ र माओवादी केन्द्रकी मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् ।

यो क्षेत्रमा हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोख्रेलले ७२ मत प्राप्त गरेका छन् । यो ७ सय ९ मत गणना गर्दाको परिणाम हो ।