कुलमान घिसिङले दिए चितवनवासीलाई झड्का ,बनाईदिए लोडसेडिङ मुक्त - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कुलमान घिसिङले दिए चितवनवासीलाई झड्का ,बनाईदिए लोडसेडिङ मुक्त



हिमाल पोस्ट /चितवन,माघ २७

चितवन  (विहिवार) देखी लोडसेडिङ मुक्त भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राम दुलार यादवलाई फोन गरेर चितवनमा लोडसेडिङ नहुने जानाकारी दिएका छन् । मलाई आज मात्र जानाकारी र निर्देशन प्राप्त भएको छ,प्रमुख दुलारले भने“आजदेखी चितवनमा लोडसेडिङ मुक्त भयो ।”

एक सातादेखी चितवनमा लोडसेडिङ नभएको जानकारी दिदै उनले औधोगिक फिडरमा भने लोडसेडिङ हुने वताए । पुर्व तालिका अनुसारनै औधोगिक फिडरमा लोडसेडिङ हुने छ । राति ८ः३० देखी विहान ६ वजेसम्म र विहन ९ वजेदेखी अपरान्ह ४ वजेसम्म विजुली आउने छ । प्राविधिक समस्या र मर्मत सम्हारको समय वाहेका अन्य वेला चितवनमा लाइन नकाटिने दुलारले  जानाकारी दिए ।यसअघि चितवनमा दैनिक ४ घण्टा लोडसेडिङ हुदै आएको थियो ।

एमाओवादी अध्यक्ष प्रचण्डले एक महिना पहिले चितवनको एक सार्वजनिक कार्यक्रममा एक हप्तामा चितवन लोडसेडिङ मुक्त हुने वताएका थिए । तर केही ढिला भएपनि प्रधानमन्त्रीको पहलमा चितवन लोडसेडिङ मुक्त भएको हो ।