यि तिनै कुलामान हुन जसलाई एमाले मन्त्री राधा ज्ञवाली ले अयोग्यता को बिल्ला भिराएर कारबाही गरिन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यि तिनै कुलामान हुन जसलाई एमाले मन्त्री राधा ज्ञवाली ले अयोग्यता को बिल्ला भिराएर कारबाही गरिन



काठमाडौं |

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पालामा ऊर्जामन्त्री बनेकी राधा ज्ञवालीले अयोग्य भन्दै कारवाहीको दायरामा राखेका कूलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि नयाँ चमत्कार नै गरिदिएका छन् । दैनिक १६ घण्टासम्म लोडसेडिङको मार खेप्नुपरेको राजधानीमा तिहारयता कुलमानले काठमाडौंमा लोडसेडिङ हटाएका छन् ।
माओवादी केन्द्रको सरकारको पालामा निर्देशक बनेका घिसिङलाई तत्कालिन ऊर्जामन्त्री ज्ञवालीले चिलिमे हाइड्रोपावरबाट सरुवा गरेर प्राधिकरणको केन्द्रीय कार्यालय तानेकी थिइन् । घिसिङ चिलिमे हाइड्रोपावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरेका थिए । उनले चिलिमेकै आम्दानीबाट सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्ये भोटेकोशी जलविद्युत आयोजना निर्माण सुरु गरेका थिए ।
राम्रो उत्पादन दिन थालेपछि तत्कालिन ऊर्जामन्त्री ज्ञवालीले एमाले निकट प्राधिकरणकै एक कर्मचारीलाई प्रबन्ध निर्देशक बनाएर चिलिमे पठाएकी थिइन् । घिसिङलाई त्यहाँबाट तानेपछि सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्ये भोटेकोशी जलविद्युत र चिलिमे हाइड्रोपावरमा एमालेले चलखेल गर्ने बाटो खुलेको थियो । त्यतिबेला घिसिङलाई चिलिमेबाट सरुवा गरेपछि रसुवामा आन्दोलन समेत भएको थियो ।
रसुवामा राजनीतिक दलहरुसमेत विभाजित भएर आन्दोलनको समर्थन र विरोध गरेका थिए । उनको सरुवापछि चिलिमे हाइड्रोमा शेयरको भाउ समेत ह्वातै घटेकोे थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि काम गर्न सक्ने क्षमता देखेर प्राधिकरणका ११ औं तहका कर्मचारी घिसिङलाई कार्यकारी निर्देशक बनाइएका थिए । राजधानीमा मात्र नभइ राजधानीबाहिरका मुख्य शहरहरुमा पनि लोडसेडिङमुक्त गर्ने योजनामा कुलमान रहेका छन् ।
विद्युुतमा अनावश्यक रुपमा भइरहेको खपत कम गरी उचित ब्यवस्थापन गर्न सके लोडसेडिङ हटाउन सकिने मान्यतामा उनी छन् । उनको योजनाअनुसार लोडसेडिङमुक्त अभियान प्रभावकारी रुपमा गर्न प्रधानमन्त्री प्रचण्डले समेत निर्देशन दिइसकेका छन् ।