भारतीय सु-प्रशिद्ध गायक कुमार सानुको एकल सांझ लुम्बिनीमा हुने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतीय सु-प्रशिद्ध गायक कुमार सानुको एकल सांझ लुम्बिनीमा हुने



बुटवल । भारतका प्रख्यात गायक कुमार सानुकाे एकल साँझ लुम्बिनीमा हुने भएको छ ।
आगामी भदौ १ गते शुक्रबार इफोर इन्टरटेनमेन्टको आयोजनामा काण्ठमाडौं बाहिर पहिलो पटक एकल साझ हुने भएको हो ।
सानु ९० दशकका सर्बाधिक चर्चित तथा रुचाइएका गायक हुन् । उनले हालसम्म २० हजार गीतमा स्वर दिएका छन् । सानुले नेपाली गीतसंगीतमा ५ सय भन्दा बढि आवाज भरेका छन् ।
एकल साँझमा सानुले नेपाली र हिन्दी गरि ३० वटा गीत गाउनेछन् भने उनीसंगै नेपाली चर्चित गायीका देबिका बन्दनाले पनि गीत गाउनेछिन् ।
२ हजार भन्दा दर्शकका बिचमा उनले गीत गाउने तयारी गरिएको र इफोर इन्टटेन्मेन्टका सिइओ दीपक घिमीरेले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
बुद्ध जन्मस्थल लुम्बिनी आउने कुमार सानुको चाहना रहेकाले त्यसको ब्यबस्था मिलाइएको आयोजकले जनाएका छन् ।कार्यक्रम ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुनेछ ।
उनले गाउने ३० गीतहरु लाइभ ब्याण्ड सहित हुने गायीका देबिका बन्दनाले बताइन् । कुमार सानुले गतबर्ष राजधानी काठमाडौंमा पनि प्रस्तुती दिएका थिए ।
पत्रकार सम्मेलनमा जीवन अाेझा,महेशमान सिंह,शुभेच्छा खड्का लगायतले बाेलेका  थिए ।