सत्तारूढ दल र मधेसी मोर्चाबीचको कुरा मिल्यो ,आइतबार सहमति पत्रमा हस्ताक्षर हुने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सत्तारूढ दल र मधेसी मोर्चाबीचको कुरा मिल्यो ,आइतबार सहमति पत्रमा हस्ताक्षर हुने



बालुवाटारमा जारी सत्तारूढ दल र मधेसी मोर्चाबीचको बैठक सकिएको छ। ५ बुँदे छलफल गर्दै आगामी आइतबार हस्ताक्षर गर्ने गरी बैठक सकिएको हो।

‘सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष कमल थापा अनुपस्थित भएकाले सहमति पत्रमा हस्ताक्षर हुन सकेन बाँकी विषयमा लगभग सहमति भइसकेको छ,’ बैठकमा सहभागी एक नेताले  बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सरकारमा संलग्न कांग्रेस, माओवादी केन्द्र र राप्रपा तथा मधेशी मोर्चाको संयुक्त बैठक बसेको हो।

भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरूलाई संविधानमा अनुसूची थप गरी समावेश गर्ने, राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट गाउँ र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई नराख्ने, सीमांकनका लागि सङ्घीय आयोग गठन गर्ने, स्थानीय तहको सङ्ख्या जनसङ्ख्याको अनुपातमा निर्धारण गरिने, सङ्घीय संरचना र सीमाङ्कनको विषय सङघ र प्रदेशको निर्वाचन अघि नै टुङ्ग्याउने तथा सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका बाँकी मुद्दाहरूका सन्दर्भमा राजनीतिक सहमतिको आधारमा गर्ने प्रस्ताव प्रधानमन्त्रीले बैठकमा राखेका थिए।

आजको बैठकमा प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल र परामर्श गरी संविधान संशोधनको प्रस्ताव तयार पार्ने जिम्मा प्रधानमन्त्रीलाई दिइएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।