कुशल र सम्झनाको स्वरमा “माली गाईले बाच्छि चाटेको” लोकदोहोरी गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कुशल र सम्झनाको स्वरमा “माली गाईले बाच्छि चाटेको” लोकदोहोरी गीत बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय संगीतिक क्षेत्रमा चर्चामा रहेको एक चर्चित नाम हो सम्झना भण्डारी सुमधुर स्वरकी धनी लोकदोहोरी गायिका सम्झना लोक दोहोरी पारखीहरुका लागि परिचित नाम हो । प्राय जसो स्टेज कार्यक्रम हरुमा व्यस्त रहने गायिका सम्झना छोटो समयमै साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उन्का तोरी भएछ, चल्यो बतास, बत्ती बाल्नै पर्देन, बाबियो काटेर जस्तै थुप्रै गीत हिट भैसकेका छन् भने हिजो मात्रै “ माली गाईले बाच्छि चाटेको” लोक दोहोरी गीत बजारमा सार्वजनिक गरेकी छिन ।

सार्वजनिक गीतमा सम्झनालाई स्वरमा साथ दिएका छन् युवा गायक कुशल बेल्वासेले यस्तै लय/ शब्द पनि उनै गायक कुशलको नै रहेको छ । गीत रमाइलो तरिकाले प्रस्तुति गरिएको छ ।

यता गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने करन चैसिरको छायाङ्कनमा विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा चर्चित गायक तथा मोडल प्रकाश सपुत र अञ्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ । गीत कुशल बेल्वासे र सम्झना भण्डारीको प्रस्तुतिमा पृथ्वी ईन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।