पत्रकार र दर्शकमाथि कुटपिट प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पत्रकार र दर्शकमाथि कुटपिट प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन



काठमाडौँ । नेपाल र भुटानबीच भएको फुटबलको फाइनल खेल हेर्न पुगेका दर्शक र पत्रकारमाथि आक्रमण भएको सम्बन्धमा प्रहरीले छानबिन थालेको छ । यहि मंसिर २४ गते मंगलबार नेपाल र भुटानबीच फुटबलको फाइनल खेल भएको थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी श्याम लाल ज्ञवालीको संयोजकत्वमा बुधबार ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा एसएसपी श्याम ज्ञवालीसँगै डिएसपीद्वय श्याम चौधरी र मनोहर श्रेष्ठ सदस्य रहेका छन् ।

समितिले बुधबारबाटै छानबिन सुरु गरिसकेको र जतिसक्दो चाँडो प्रतिवेदन बुझाउने संयोजक श्यामलाल ज्ञवालीले बताए । घटनामा डीएसपीद्वय रुगम कुँवर र सन्तोषसिंह राठौर मुछिएपनि उनीहरुले प्रहरीमाथि आक्रमण हुन थालेपछि आत्मरक्षाका क्रममा भएको घटनालाई अतिरञ्जित गराइएको गुनासो गरेका छन् ।

यता महानगरीय प्रहरी वृत्त कालीमाटी वृत्तका प्रमुख समेत रहेका डिएसपी कुँवरले सो ‘विवाद’ का क्रममा आफ्नो औँला भाँचिएको बताएका छन् । उनले पुलिसले कुटेको मात्रै समाचार आएको तर पुलिमाथि भएको आक्रमणबारे कसैले नदेखेको उनले गुनासो गरे ।