कुवेतको अपार्टमेन्टमा आगलागी : ३ नेपालीको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कुवेतको अपार्टमेन्टमा आगलागी : ३ नेपालीको मृत्यु



काठमाडौं। कुवेतको महावुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको ज्यान गएको छ ।

त्यस भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको थियो। नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन ।

उनीहरुको शव फर्वानिया अस्पतालमा राखिएको छ। महावुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो । मृत्यु हुने दुई जना घरेलु महिला कामदार हुन् । आगलागी भएको आवास कम्पनी वा पारिवारिक आवास कुन हो भनेर पहिचान भइसकेको छैन ।