कुवेतमा निधन भएका मध्ये चार नेपालीको सनाखत (नामसहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कुवेतमा निधन भएका मध्ये चार नेपालीको सनाखत (नामसहित)



काठमाडौं– कुवेतमा ढिस्कोमा पुरिएर मृत्यु भएका ६ मध्ये चार नेपालीको सनाखत भएको छ।

मृत्यु हुनेमा एकबहादुर गाहा (पाल्पा), गंगाराम चौधरी (सिरहा), वसन्त गुरुङ (ताप्लेजुङ) र श्यामनारायण चौधरी (दाङ) छन् । दुई मृतकको भने सनाखत हुन बाँकी रहेको दूतावासले जनाएको छ।

दुई घाइतेमध्ये धर्मेन्द्रकुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र मनोरथ मण्डल उपचारपछि कम्पनीमा फर्केका छन्।

कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।