क्विक्स कप छात्रा फुटबल : महादेव मावि कैलालीको विजयी सुरुवात - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्विक्स कप छात्रा फुटबल : महादेव मावि कैलालीको विजयी सुरुवात



कैलाली । क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको दोस्रो दिन सोमबार महादेव माध्यमिक विद्यालय कैलालीले आदर्श माध्यमिक विद्याल धादिङलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा महादेव माविले आदर्श माविलाई २-० ले हराएको हो । खेलको पहिलो र दोस्रो हाफमा एक / एक गोल भएको थियो । खेलमा महादेव मावीबाट दुवै गोल फ्री किकबाट प्रतीक्षा चौधरीले गरेकी थिइन् ।

प्रदेशबाट छनोट भइआएका विद्यालयले अन्तिम चरणमा राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् ।