बिहे गर्ने भन्दै लगातार यौन शोषण गरेपछि कुटेर घर निकाला - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बिहे गर्ने भन्दै लगातार यौन शोषण गरेपछि कुटेर घर निकाला



तुलसीपुर- बलात्कारपछि फरार तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निबासी शमिर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए ।

वलीले १७ बर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करिब एक महिना आफुसंगै राखेर यौन शोषण गरेका थिए

वली बिरुद्ध किशोरीलाई जबरजस्तीकरणी गरेको भन्दै मुद्दा दायर भएको थियो । मुद्धा दायर भए लगत्तै उनी भागेका थिए ।

उनलाई प्रहरीले शनिबार पक्राउ गरि आइतवार गरेका थिए । वलीले १७ बर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करिब एक महिना आफुसंगै राखेर यौन शोषण गरेको आरोप लागेको छ ।

उजुरी गर्नेहरुले वलीले किशोरीलाई एक महिनापछि कुटेर घरवाट निकालेको जोहरी दिएका छन् ।