चर्चित गायिका रेखा जोशी र संसार धामिको "लगाउला रेगडो" सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चर्चित गायिका रेखा जोशी र संसार धामिको “लगाउला रेगडो” सार्वजनिक (भिडियो सहित)



कैलाली । चर्चित गायिका रेखा जोशी र गायक संसार धामिको “लगाउला रेगडो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । केही समय अघि “उसै फस्का लाउदी छै” , ’हाल विरे कानोदो झोला’ लगायतको देउडा गितको अपार सफलतापछि जोडिले पुनः शनिबार उक्त देउडा गित सार्वजनिक गरेको हो ।

के.एस.सोनीको शब्द तथा संगित रहेको उक्त गितमा विनोद बाजुरेलीले एरेन्ज भरेका हुन् भने गितको मालाश्रि रेकर्डिङ स्टिडियोमा रेकर्ड गरिएको हो ।

निर्देशक सुरेन्द्र संगमद्वारा निर्देशन गरिएको उत्त म्युजिक भिडियोमा कुबेर बोहरा र पुजा पाठकको अभिनय देख्न सकिन्छ ।

अनुप बिकको सम्पादन तथा अमृत बिकको छायांकन रहेको उक्त म्युजिक भिडियोको घोडाघोडी नगरपालिकामा रहेका विभिन्न स्थलमा अभिनय गरिएको दृश्य देख्न सकिन्छ । “लगाउला रेगडो” बोलको म्युजिक भिडियो सुदुर पश्चिम् देउडा युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस :