लघुवित्तहरूलाई गर्भनरको यस्तो निर्देशन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लघुवित्तहरूलाई गर्भनरको यस्तो निर्देशन



काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जिवी नेपालले लघुवित्तहरुलाई मर्जरमा जान आग्रह गरेका छन् ।

आईतबार काठमाडौंमा आयोजित लघुवित्त बैंकर्स संघको १३ औं वार्षिक साधारणसभामा गर्भनर नेपालले नाफा बढाउनका लागि लघुवित्तहरु मर्जरमा जानुपर्ने बताएका हुन् ।

मर्जर अन्तर्राष्ट्रिय अभ्यास नै भएकोले यसमा सबै लघुवित्त तथा वित्तीय संस्थाहरु लाग्नुपर्नेमा उनले जोड दिए । नाफा अधिकतम बनाउन र जोखिम घटाउनका लागि पनि मर्जरमा जानैपर्ने भन्दै उनले यसका लागि पहल थाल्न ध्यानाकर्षण गराए ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष्य रामचन्द्र जोशीले लघुवित्तहरुले नेपाल राष्ट्र बैंकको सबै नियम पालना गर्दै आएको भन्दै राष्ट्र बैंकले कार्यदल बनाएमा आफुहरु पनि मर्जरमा जान तयार रहेको बताए ।

राष्ट्र बैंकले भविष्यमा जारी गर्ने नीति व्यवहारिक हुनुपर्ने उनको भनाइ छ ।