लघुकथा : आमा « Himal Post | Online News Revolution
Logo

लघुकथा : आमा



कोठाको बेडमा बिरामी आमा सुतिरहनुभएको थियो।म त्यही नाजिकै मोबाइल चलाउदै बसिरहेको थिए।आमा सकी नसकी उठ्नुभयो।आफ्नो मैलिएको पटुकीमा रहेको थैली झिक्नुभयो।थैलीमा पाँच सय रुपैयाँ जति रहेछ।
त्यो पैसा मलाई थमाउदै आमाले भन्नुभयो
‘बाबु,मलाई साह्रै गह्रो भैसक्यो,जा मेडिकल गएर मलाई केही औषधी ल्याईदे’
‘ह्या,जान्न आमा म,तपाईँ नै जानुस बिस्तारै।म जान सक्दिन’ मैले झर्किएर भने।
आमा त्यो मलाई दिएको पैसा आफ्नै थैलीमा राखेर फेरि बेडमै पल्टिनुभयो।सायद आमाको अँखामा आशुका धरा बगिरहेका थिए।आमा उतापट्टी फर्किएर आफ्नो हातकेला बारम्बार अखा तिर लग्दै हुनुहुन्थ्यो।म सिर्फ हेरिरहेको मात्र थिए।
यत्तिकैमा मेरो मोबाइलको रिङटोन बज्यो।मैले कल रिसिभ गरिदिए।
‘हेल्लो,मिलन कहाँ छौ तिमि?मलाई भेट्न आउदैनौ बजारतिर?’सरुले फोनमै भनी।
‘हुन्छ,म एक छिन पछि आउछु’ यति भन्दै मैले फोन राखे।
अनि फेरि आमा उठ्नुभयो अनि त्यही अघिको थैलीमा राखेको पैसा निकाल्दै हुनुहुन्थ्यो ।मैले झर्केर भनिदिए।
‘आमा,मैले अघि नै भनिसके त म जान्न भनेर।मेरो अन्तै जाने काम छ।तपाईँलाई त छोराको खुसीको कुनै मतलब नै छैन है?’
आमाले आशु पुछ्दै भन्नुभयो
‘ल यो पाच सय रुपिया राख,त साथी भेट्न जान लाको छस,तलाई चाहिन्छ,मेरो ज्यान भन्दा तेरै खुसी ठुलो छ बाबु मलाई’
आफूलाई औषधि किन्न राखेको पैसा आमा मलाई दिदैहुनुहुन्थ्यो।मेरो मनमा पनि चिसो पस्यो।मनमा अनेक प्रश्नहरुले डेरा जमाउन थाल्यो।
‘आमाको लागि औषधि किन्न समय नहुने मलाइ आफ्नो प्रेमिकालाई भेट्न समय हुने,किन?आमाले आफूलाई औषधि किन्ने पैसा आफूलाई नराखी मैले नमागीकन किन दिनुभयो?’
अनि आफै उत्तर खोज्ने प्रयास गर्दै थिए।वास्तवमा कुनै पनि आमाले कहिल्यै सन्तानको खुसी भन्दा आफ्नो खुसी ठुलो मान्न सक्दैन।अखिर नौ महिना गर्भमा,तीन वर्षसम्म काखमा अनि जीवनभर दिलमा राख्ने यिनै आमा त हुन नि,हामी सन्तानले उसको माया,ममता अनि चाहाना,इच्छा,अकांक्षाहरु बुझ्दैनौ र पो त।उसले त सबै बुझेकी हुन्छे।

धेरै बेर सोचे।मनमा पश्चातापले पाइला टेकिसकेको थियो।निकै आत्मग्लनीको भाव भइरहेको थियो।फेरि मनमनै सोचे ‘आफूलाई जन्म दिने आमाको मर्म चाहना अनि खुसी सोच्न नसक्ने मैले कसरी अरूले जन्म दिएकी उसलाई(प्रेमिका)लाई खुसी राख्न सक्छुहोला र?मेरी आमा नारी हुन भने उनी पनि त नारी हुन नि।किन मेरी आमा र उसमा मैले यति धेरै पक्षपात गरिरहेकोछु?’
सोच्दा सोच्दै फेरि मोबाइलको रिङटोन बज्यो
‘मिलन म हिडिसके,छिटो आईदेउ ल,म धेरै बेर कुर्न सक्दिन’
‘सरु,म आज तिमीलाई भेट्न सक्दिन,मेरी आमा बिरामी हुनुहुन्छ,मलाई माफ गर ल,म आउदिन’ मैले बोलिदिए।
‘हुन्छ,आमाको ख्याल गर्नु नि,कुनै दिन भेटाम्ला नि त है’ उनले फोन काटिन।म औषधी लिन गएर पनि आइसके।अहिले आमा औषधि लिदैहुनुहुन्छ।मैले धेरै पछि आमाको मुहारमा एउटा खुसी भेटेको छु।जुन खुसी आमाले मलाई जन्म दिनुभएको दिन पाउनुभएको थियो।

केशु खण्डलुक मगर