लागुपदार्थ दुर्व्यसन मुक्त समाज निर्माणका लागि अन्तरक्रिया - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लागुपदार्थ दुर्व्यसन मुक्त समाज निर्माणका लागि अन्तरक्रिया



सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा लागुपदार्थ दुर्व्यसन मुक्त समाज निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार जिल्ला फुटबल संघ र मर्सी कोरको संयुक्त आयोजनामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा
प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहनु भएको थियो । प्रमुख अथीतिको आसन बाट बोल्दै नगर प्रमुख चौधरीले लागुपदार्थ मुक्त समाज निर्माणका लागि सबैको महत्त्वपूर्ण भुमिका रहेको हुनाले आ-आफ्नो ठाउँबाट सबै लाग्नु पर्ने बताउनु भयो ।
स्वस्थ मानिसले मात्रै सकारात्मक कुराहरु सोच्न सक्ने भएकोले स्वस्थ हुनका लागि खेलकुदमा पनि सहभागी हुन जरुरी रहेको नगर प्रमुख चौधरीले बताउनु भयो ।

कैलाली जिल्ला फुटबल संघ र मर्सी कोरका एमबेस्डर नारायण आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उप प्रमुख प्रेम कुमारी थापा, घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण प्रसाद अम्मै ,विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजक संस्थाले घोडाघोडी बहुमुखी क्याम्पसलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा डाक्टर सिद्वराज आचार्य र इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव निरिक्षक खगेन्द्र अधिकारीले लागुपदार्थ दुव्र्यसनी र त्यसको शारिरीक र समाजिक असर तथा कानुनका कुराहरुको बिषयमा प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण घोडाघोडी बहुमुखी क्याम्पसका अनुसन्धान विभाग प्रमुख पुष्पराज जैशीले गर्नु भएको थियो ।