अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको अभियान कैलालीको सुखडमा पनि सुुुुरु  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको अभियान कैलालीको सुखडमा पनि सुुुुरु 



विशाल पाण्डेय / सुखड, कैलाली ।
अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि नेपालमा पनि विविध कार्यक्रम गरी सुरु भएको छ ।

यसै क्रममा आज कैलालीको घोडाघोडी नगरपालिकाको आयोजनामा पनि लैङ्गिक हिंसा विरुद्धको अभियानमा प्रभातफेरि कार्यक्रम गरि शुरु गरिएको छ ।

“लैंगिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार” भन्ने राष्ट्रिय नारा रहेको कार्यक्रममा महिला अधिकारकर्मी,
जनप्रतिनिधि ,कर्मचारी , महिलासञ्जाल, नगर बालसंजाल, नगर युवा संन्जाल ,शिक्षक ,शिक्षिका,राजनितिकर्मी ,
समाजसेवी ,बुद्धिजीवी ,विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

र्‍यालीमा सहभागीहरुले हातमा महिला हिंसा विरुद्दको अभियान सफल पारौ,लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकारु, छाउपडी प्रथा अन्त्य गर,बाल विवाह अन्त्य गरौं लगायतका नारा लेखिएका प्लेगार्ड र ब्यानर बोकेका थिए ।

प्रभात फेरि कार्यक्रमपछि गरिएको समापन कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले महिला हिंसा विरुद्दको १६ दिने अभियानलाई सफल बनाउन विभिन्न सचेतनामुलक कार्यक्रम गरिने बताए । साथै चौधरीले लैङ्गिक विभेदलाई अन्त्य गर्न सबै प्रतिबद्ध हुन आवस्यक रहेको बताए । नगरपालिकाका परिवारको तर्फबाट नगरपालिका कार्यालय भित्र वा बाहिर कुनै पनि लैंगिक विभिद हुदैन भन्ने कुरामा आफुहरु प्रतिबद्धता जनाएको समेत नगर प्रमुख चौधरीले जिकिर गरे ।

त्यस्तै घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेम कुमारि थापाले हाम्रो समाजमा अहिले पनि यो वा त्यो ढंगबाट लैङ्गकि विभेद अझै पनि कायम रहेकोले सबैमिली त्यो अन्त्य गर्नुपर्ने बताइन् ।

हरेक वर्षको नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान चलाइंदै आएपनि
पीडकलाई कारबाही नहुँदा हिंसाका घटना बढ्दै गएको महिला अधिकारकर्मी बताउँछन् ।