लाइसेन्स लिन मध्यरातदेखि लाइन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लाइसेन्स लिन मध्यरातदेखि लाइन



१० मंसिर, काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारीप्साधन अनुमतिपत्र लाइसेन्सको फारम भर्नेको भीड बढेको छ ।

झन्डै अढाइ महिनापछि बुधाबारदेखि फारम भर्न खुला गरिँदा भीड लागेको हो ।  अत्यधिक भीडका कारण फारम भर्न चाहनेहरु मध्यरातदेखि नै लाइमा बस्न थालेका छन् ।

लाइमा बस्दासमेत फारम भर्न नपाएको उनीहरुको गुनासो रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार दुई मपिहनाभन्दा बढी समयसम्म लाइसेन्स दिने प्रक्रिया ठप्प हुँदा करिब १६ हजारजना लाइसेन्स लिने प्रक्रियामा सहभागी हुन पाएनन् ।