लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार



मोरङ /मंसिर,१२ ।

मोरङको चिसहनी बडहरा गाउँपालिकामा नेकपा एमालेका नेता लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार भएको छ ।

बुढीगंगा गाउँपालिका-५ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा पण्डितलाई लक्षित गरी बम प्रहार भएको हो । बम प्रहारबाट मानवीय क्षति भने भएको छैन । पण्डितलाई लक्षित गरी बम प्रहार भएको भए पनि उहाँ सकुशल रहनु भएको बताइएको छ ।

नेता पण्डित मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।