ललिता निवास जग्गा प्रकरण : १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ललिता निवास जग्गा प्रकरण : १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं- बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा सामेल भएका १ सय २० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सरकारी जग्गा हडप्न नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कसुरमा संलग्न कर्मचारी, बिचौलिया, भूमाफिया र तत्कालीन भोगाधिकारीसहित १२० जनाविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । २०४९ सालमा जग्गा हडप्ने कसुरमा संलग्नमध्ये ४० जना फरार सूचीमा छन् ।

यस्तै, २०६२ मा हिनामिनामा संलग्न भएको कसुरमा १५ जना, बालुवाटारस्थित प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीको निवास विस्तारका नाममा नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको कसुरमा ८० जना र २०६९ मा सरकारी जग्गा नक्कली टिकिन्छा गुठीमा कायम गर्ने र त्यसमा नक्कली मोही खडा गर्ने ८५ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ । तर, उनीहरु सबै भूमाफिया र कर्मचारी मात्रै रहेको बताइएको छ ।