ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय



काठमाडौं । आइतबारदेखि ललितपुर जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कार्तिक २ देखी अर्को सूचना नभएसम्मको लागी सरकारी कार्यालयबाट दिने सेवा स्थगित गरेको छ ।

कोभिड–१९ संक्रमणको दर अत्यधिक रुपमा बढिरहेको अवस्थामा सेवाग्रहीहरुको भिडभाड बढेकाले संक्रमण फैलनसक्ने जोखिमका कारण सेवा स्थगित गरेको जनाइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवास्थापन केन्द्र (डिसिसीएमसी)को निर्णय अनुसार ललितपुरमा अत्यावश्यक बाहेक सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

सवै सरोकारवाला निकायसँगको छलफलपछि डिसिसीएमसीले सो निर्णय गरेको हो । विद्युत्त, खानेपानी र टेलिकम जस्ता सेवा बन्द हुने छैनन् ।