ललितपुरमा एमाले उम्मेदवारले कटाए हजार मत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ललितपुरमा एमाले उम्मेदवारले कटाए हजार मत



ललितपुर महानगरपालिकामा मतगणना जारी छ । अहिले वडा नम्बर–२, ३ र ४ को गणना भइरहेको छ ।

पछिल्लो मत परिणामानुसार चार हजार ७२६ मत गन्दा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले हालसम्म दुई हजार ७५१ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले एक हजार ८६ मत ल्याएका छन् ।

उपप्रमुखतर्फ एमालेका उमेदवारको अग्रता कायम छ । एमाले उमेदवार मन्जली शाक्य बज्राचार्यले एक हजार २५५ मत ल्याएकी छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार बाबुराज बज्राचार्यले ९९२ मत पाएका छन् ।