बहालवाला मन्त्रीको लज्जास्पद हार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बहालवाला मन्त्रीको लज्जास्पद हार



काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।

नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

यो क्षेत्रबाट बहालवाला मन्त्री पम्फा भुसाल भने तेस्रो बनेकी छन् । आफ्नो राम्रो पकड भएको यो क्षेत्रमा भुसाललाई नगन्य मत मात्रै आएको छ । भुसालले यसअघिको निर्वाचन यहि क्षेत्रबाट जितेकी थिइन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए ।

ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।