‘लाल्टिन’को च्यारिटी सोबाट उठेको पचास हजार नगद स्वर्गीय कलाकार अारपी भट्टराई ‘लाजालाम’को परिवारलाई प्रदान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘लाल्टिन’को च्यारिटी सोबाट उठेको पचास हजार नगद स्वर्गीय कलाकार अारपी भट्टराई ‘लाजालाम’को परिवारलाई प्रदान



हिमाल पोस्ट /माघ २३ 

रिलिज मिति चैत १८ गते तोकेको भानु प्रताप निर्मित फिल्म ‘लाल्टिन’ टिमले पहिलो च्यारिटी सो सम्पन गरेको छ । अभिनेता निर्जन थापाको नेतृत्वमा भएको च्यारिटीबाट उठेको रकम पचास हजार नगद स्वर्गीय कलाकार अारपी भट्टराई ‘लाजालाम’ को परिवारलाई प्रदान गरिएको हो । अारपीले अभिनित यो अन्तिम चलचित्र हो ।

स्वास्थ्य मन्त्री गगन थापा प्रमुख अथिती भनिए पनि कार्य ब्यस्तताका कारण मन्त्री उपस्थित हुन नसके पछि बेंकर अनिल केसरी शाहको हातबाट एक कार्यक्रमका बिच उक्त रकम प्रदान गरिएको थियो | कार्यक्रममा फिल्म क्षेत्रका वरिष्ट व्यक्तित्वहरु उपस्थित थिए ।

देवकुमार श्रेष्ठ निर्देशित ‘लाल्टिन’ फिल्ममा दयाह्याङ राई, प्रियङ्का कार्की,केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, मोहन बहादुर श्रेष्ठ, कमल आले, नवीन शाह, राज कटुवाल, निर्जन थापा लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म ‘चमेली’ बोलको आइटम नम्बर अहिले चर्चामा रहेको छ ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द रहेको छ भने कोरीयोग्राफी कबिराज गहतराज, डिकेश र भानुले गरेका छन्। फिल्मको सम्पादन अर्जुन जी सी र मिलन श्रेष्ठले गरेका हुन। डिजराज पौडेल, किरन माइकल र विनोद ढकालले फिल्ममा सङ्गीत भरेका छन्।