पुडासैनी मृत्यु प्रकरण:लामिछानेसहित तीन जनालाई अदालतमा पेस गरिदै - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

पुडासैनी मृत्यु प्रकरण:लामिछानेसहित तीन जनालाई अदालतमा पेस गरिदै



काठमाडौं– शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवी लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित पक्राउ परेका युवराज कँडेललाई राति चितवन पुर्याइएको थियो ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि उनीहरुलाई विहीबार प्रहरीले पक्राउ गरेको थियो ।

पुडासैनीको शव केही दिन अगाडि चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा फेला परेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको हो ।

चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी पक्राउ गरेको जनाएको छ ।