रवी लामिछानेलाई राजावादी सँग जोड्नुको रहस्य यस्तो ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रवी लामिछानेलाई राजावादी सँग जोड्नुको रहस्य यस्तो !



काठमाडौं । पत्रकार शलिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको विरोधमा प्रदर्शनहरु भइरहेको छ । उनीसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । चितवनमा दिनहुँजसो विरोध प्रदर्शन भइरहेको छ ।

रवि लामिछानेको लोकप्रीयता शिखरमा पुग्दा पक्राउ पर्नुलाई उनका समर्थकहरुले गम्भीर षड्यन्त्र भनिरहेका छन् । तर, प्रहरी यो मान्न तयार छैन । उसले शालिकरामको आत्महत्या अघिको भिडियो फुटेजलाई आधार मानेर आत्महत्याको दुरुत्साहनमो अभियोगमा अनुसन्धान गरिरहेको छ । सडकमा लामिछानेका समर्थकहरुको संख्या र शैली देखेर सत्तारुढ दलले राजावादीको भूमिका देखेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी चितवनले विज्ञप्ति निकालेर लामिछानेको समर्थनमा भएको प्रदर्शनमा कार्यकर्ता र समर्थकलाई सहभागी नहुन निर्देशन दिइसकेको छ । उसले प्रदर्शनलाई नकारात्मक समेत भनेको छ । त्यसमा राजावादी मिसिएको निष्कर्ष समेत निकालिएको बुझिएको छ ।

राजावादी मिसिनुको आशंका र आरोपमा निकिता पौडेल पनि कारण हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी हुन् । निकिताको पृष्ठभूमि राजावादी रहेको छ । चलचित्र विकास बोर्डको अध्यक्ष समेत भइसकेकी उनी अहिले सक्रिय भएकी छिन् । शालिकराम पुडासैनीको आत्महत्या अघिको भिडियो लिक गरेको भन्दै प्रहरी र पत्रकारविरुद्ध उजूरी गर्न प्रहरीसम्म पुगिन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनको जाहेरी लिन नमानेको विषय अहिले चर्चामा छ ।