मतगणना जारी भइरहेकै बेला उम्मेदवारको मृत्यु - Himal Post Himal Post
  • २३ मंसिर २०७९, शुक्रबार
  •      Fri Dec 9 2022

मतगणना जारी भइरहेकै बेला उम्मेदवारको मृत्यु



लमजुङ- आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी भइरहेकै बेला उम्मेदवारको मृत्यु भएको छ ।

उम्मेदवारहरू परिणामको व्यग्र प्रतीक्षामा भएकै बेला प्रतिनिधिसभातर्फका एक उम्मेदवारको निधन भएको हो ।

लमजुङबाट जनता समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका ६८ वर्षीय नरेन्द्रबहादुर गुरुङको सोमबार निधन भएको छ ।

जनता समाजवादीबाट उम्मेदवार बनेका भए पनि गुरुङ अन्तिममा पछि हटेर माओवादीलाई सघाउने निर्णयमा पुगेका थिए । तर समय गुज्रिएपछि निर्णय गरेकाले प्राविधिक रूपमा उनको उम्मेदवारी भने कायम नै थियो ।

मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरा स्थायी ठेगाना भएका गुरुङ केही समयदेखि अस्वस्थ थिए ।

स्वास्थ्यमा थप समस्या आएपछि उपचारका लागि उनलाई बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकको सल्लाहमा थप उपचारका लागि चितवन लगिए पनि उनको निधन भएको पारिारिक स्रोतले जनाएको छ ।