लामखुट्टे मार्न प्रहरी - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

लामखुट्टे मार्न प्रहरी



बुटवल : गत असोजदेखि लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको फैलन थालेपछि रुपन्देहीमा शसत्र प्रहरी, नेपाल प्रहरी महिला स्वयम्सेविका तथा स्वास्थ्यकर्मीहरु परिचालन गरि खोज र नष्ट अभियान दोस्रोपटक सुरु गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय र बुटवल नगरपालिकाको समन्वयमा रुपन्देहीका बिभिन्न स्थानमा ‘खोज र नष्ट’ अभियान सुरु गरिएको छ।

जिल्लामा डेंगुले महामारीको रुप लिन थालेपछि नेपाल प्रहरी र ससस्त्र प्रहरी लगायत परिचालन गरि बढी प्रभावित भएका ठाउँ तथा बढी टायर, फूलका गमला र पानी जमेको स्थानमा अभियान चलाइएको हो ।

अभियान केही दिन जारी रहने बुटवल उपमहानगरपालिका स्वास्थ्य संयोजक डा रमेश केसीले बताए ।