मन्त्री खुस्किएका जसपा नेताहरूलाई बाबुरामको व्यंग्य: 'लम्पटहरूको आँखा खुलोस्' - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मन्त्री खुस्किएका जसपा नेताहरूलाई बाबुरामको व्यंग्य: ‘लम्पटहरूको आँखा खुलोस्’



काठमाडौँ – सर्वोच्च अदालतले २० जना मन्त्रीलाई एक झट्कामा बर्खास्त गरेपछि सामाजिक संजाल तातिएको छ । अदालतको यस अन्तरिम आदेशलाई लिएर अनेक टिकाटिप्पणी भइरहेका छन् ।

कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ ।

यस्तैमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानका निर्माता नै संविधान विपरित गए पनि अदालतले सही गरेको टिप्पणी गरेका छन् । उनले जसपाबाट मन्त्री बन्न गएका नेताहरूलाई लम्पट भनेका छन् । उनले निजी स्वार्थ निम्ति लम्पट बन्न जानेहरूको आँखा छिट्टै खुलोस भन्ने कामना समेत गरेका छन् ।

‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द÷भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने÷बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्‍ने नै भयो,’भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘क्षणिक निजी स्वार्थ निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् ।’