यी हुन् एक मतले नगर सभापति जितेका लक्ष्मण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

यी हुन् एक मतले नगर सभापति जितेका लक्ष्मण



काठमाडौं- नेपाली काँग्रेसमा आसन्न महाधिवेशनको रौनक छाएको छ । अहिले स्थानीय तह र पालिकाहरूमा अधिवेशन भैरहेका छन् । अधिवेशनको दौरानमा रोचक घटनाहरू भैरहेका छन् ।

यस्तैमा स्याङ्जाको भीरकोटको अधिवेशनमा पनि रोचक संयोग भएको छ । भीरकोटमा सभापतिको उम्मेदवार बनेका लक्ष्मण अधिकारीले एक मतले विजयी बनेका छन् । भीरकोट वडा ५ का वडाध्यक्ष समेत रहेका अधिकारीले मात्रै एक मतले बाजी मारेका छन् ।

नगर अधिवेशनमा अधिकारी एक मतले विजयी भएका हुन् । अधिकारीले १०० मत ल्याउँदा उनका प्रतिस्पर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गरे । जम्मा खसेको २०४ मतमध्ये ५ मत बदर भएको थियो ।

नेता अधिकारी र केसी दुवै वडाध्यक्ष हुन् । अधिकारी क्षेत्रका प्रभावशाली नेता मानिन्छन् । गत स्थानीय तहको निर्वाचनमा पनि उनी भारी मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए ।