लियो प्रशिक्षण सम्पन्न - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

लियो प्रशिक्षण सम्पन्न



चैत्र ६ गते ।

लियो क्लब अफ सालझण्डीले लियो प्रशिक्षण कार्यक्रम गरेको छ । क्ल्वले आफ्ना लियो सदस्यहरूलाई लियो र लायन्सवादको विषयमा थप ज्ञान प्रदान गर्नको लागी भन्दै लियो प्रशिक्षण कार्यक्रम गरेको हो ।

लियो क्लब अफ सालझण्डीका अध्यक्ष लियो अंकित शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ बुटवलका अध्यक्ष अनिल श्रेष्ठ, लियो जिल्ला परिषद् ३२५ बि २ का एरिया ४ कोर्डिनेटर सरोज कडेलले प्रशिक्षण दिँदै हामी सेवा गर्छौै भन्ने लियो तथा लायन्सवादको मुख्य उद्धेश्य रहेकोेले सोही अनुसार सामााजीक सेवामा लाग्न सुझाव दिएका थिए ।

क्ल्वका प्रथम उपाध्यक्ष राजु श्रेष्ठको स्वागत, लायन्स क्ल्व अफ बुटवलका प्रथम उपाध्यक्ष दिनेश श्रेष्ठको विशेष उपस्थ्तिी रहेको प्रशिक्षणमा क्ल्वका झन्डै ४० जना लियो सदस्यहरूको सहभागिता रहेको थियो ।