लियोको आठौं पदस्थापना तथा प्रथम जिल्ला परिषदको बैठक पोखरामा हुँदै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लियोको आठौं पदस्थापना तथा प्रथम जिल्ला परिषदको बैठक पोखरामा हुँदै



हिमाल पोस्ट / बुटवल ।
लियो जिल्ला परिषद ३२५ बि २ नेपालको आठौं पदस्थापना तथा प्रथम जिल्ला परिषदको बैठक पोखरामा हुने भएको छ ।

एरिया ४ का संयोजक लियो मदन थापाको अध्यक्षता तथा लियो जिल्ला परिषदका राष्ट्रिय अध्यक्ष सरोज कंडेलको प्रमुख अथितीमा सोमबार सम्पन्न गरिएको बैठकले उक्त निर्णय गरेको हो ।

एरिया ४ को आयोजनामा भाद्र २० र २१ गते दुई दिन पोखराको होटल लेगेसीमा हुने भएको हो । उक्त कार्यक्रममा नेपालभरबाट करिब ५ सय जना लियोहरु सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा लियो बर्ष २०१८/०१९ का नेपालभरका विभिन्न क्लबले गरेका कामको मुल्यांकन गरेर सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ । यस्तै बर्ष २०१८/०१९ का नेपालभरका क्लबहरुको अध्यक्ष , सचिव , कोषाध्यक्ष र क्लबहरुले गरेका कामको मुल्यांकन गरि सम्मान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी लियोहरुलाई विभिन्न सांस्कृतिक कार्यक्रम तथा तालिमहरु दिइने आयोजकले जनाएको छ ।