‘लेट मी डान्स नेपाल’मा ११ प्रतिस्पर्धी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘लेट मी डान्स नेपाल’मा ११ प्रतिस्पर्धी



काठमाडौँ–

‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’ मा ११ प्रतिस्पर्धीहरु छानिएका छन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको ‘लेट मी डान्स नेपाल’ को ‘सिजन–२’ दास्रो संस्करण हो ।

‘लेट मी डान्स नेपाल’ को दोस्रो संस्करण ‘सिजन–२’ तीन माहिनाअघि झपाको वृत्तामोड, सुनसरिको बिराटनगर, बाँकेको नेपालगञ्ज कैलालीको धनगढी, कास्कीको पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठुला सहरहरूमा अडिसन लिइएको थियो ।
देशैभरिको अडिसनबाट सय जना प्रतियोगीहरु छानिएका थिए । उक्त प्रतियोगीहरुलाई काठमाडौँमा ल्याईएको थियो । उनीहरूलाई आयोजक संस्थाले निःशुल्क खाने, बस्ने ब्यावस्था गरिरहेको छ ।

देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरूको प्रतिभा पु¥याउने उद्देश्यले संचलनका ल्याईएको ‘लेट मी डान्स नेपाल’ प्रतियोगिताका आयोजक तथा संस्थाका अध्यक्ष क्षेणुप लामाले बताए ।

‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’ मा उत्कृष्ट ५० बाट उत्कृष्ट २५, उत्कृष्ट १५ हुँदै उत्कृष्ट ११ मा आईपुगेको । जसमा दाङबाट खिमा काउचा मगर, काभे्रबाट दीपा तामाङ र पुसम गिरी, म्याग्दीबाट विष्णु मगर, धादिङबाट योगेस श्रेष्ठ, ललितपुरबाट अभिषेक महर्जन, झापाबाट सामारिका ढकाल, मोरङबाट स्वास्तीका भेटवाल, सुनसरिबाट विकी घिमीर, उदयपुरबाट विवेक घतानी र काठमाडौँबाट सुदीन खड्का रहेका छन् ।

‘लेट मी डान्स नेपाल’ प्रतियोगिता ‘सिजान–२’ का जर्जहरु नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा रहेका छन् । प्रतियोगिताको फाईनल यही जेठको अन्तिममा हुनेछ । ११ प्रतियोगीबाट उत्कृष्ट ७ छानिने छ र अन्तिम फाईनल उत्कृष्ट ७ बाट नै हुने आयोजकले बताएको छ । प्रतियोगिताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकी ३० प्रतिशत जर्जको निणयमा हुने छ ।
प्रतियोगितामा विजेता हाँसिल गर्नेले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छ । कार्यक्रमलाई फरक–फरक दिनमा र फरक–फरक समयमा नेपाल टेलिभिजन, हिमालयन टेलिभिजन र नेपाल वान टेलिभिजनबाट प्रसारण गर्दै आएको छ ।