कोरियाका पूर्व राष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कोरियाका पूर्व राष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय



काठमाडौं- दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाकलाई १७ वर्ष जेल सजाय सुनाइएको छ । उनी विरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो ।

अदालतमा यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरेको हो ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपतिको पद सम्हालेका म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । त्यो समयमा उनलाई १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो। तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो ।

सियोलस्थित जिल्ला अदालतमा बुधबार उनको मुद्धामा सुनुवाई भएको हो । अदालतले विगतको भन्दा बढी सजाय सुनाएको छ । आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै पश्चाताप र जिम्मेवारीबोध नगरेको अदालतको ठहर छ ।

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएका थिए ।