अस्ट्रेलियन लिबरल नेतृ जिंग ली नेपाल भर्मणमा आउदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अस्ट्रेलियन लिबरल नेतृ जिंग ली नेपाल भर्मणमा आउदै



द्विदेशीय कुटनीतिक सम्बन्ध र नेपालीपर्यटनको सम्भावनाका बारेमा जानकारी लिने र सम्बन्ध विस्तार गर्ने उद्देश्यले साउथ अस्ट्रेलियाबाट लिबरल नेतृ जिंग लीको नेतृत्वमा एक टोली नेपालको आठदिने भ्रमणमा आउने भएकोछ ।

साउथ अस्ट्रेलिया सरकारकी लेजिस्लेटिभ काउन्सिलमा समेत रहेकी जिड लीको नेतृत्वमा १० जनाको टोली यही अक्टोबरको २२ तारिखमा नेपालको भ्रमणमा आउन  लागेको एनआरएनए सचिव नविन पन्तले जानकारी दिए । उनीहरुको भ्रमणलाई साउथ अस्ट्रेलिया स्थित अवैतनिक वाणिज्यदुत दीपक धमला र एनआरएनए सचिव पन्तले साथ दिन लागेका हुन् । साउथ अस्ट्रेलियामा हुने विभिन्न नेपाली कार्यक्रमहरुमा सक्रियताका साथ लागि परेकी र नेपाली समुदायकी हितैषी मानिएकी लीले नेपाल भ्रमणका क्रममा आफूले मुख्य गरेर नेपालमा पर्यटकीय सम्भावनाहरु, त्यहाँको कला संस्कृति र परम्पराको बारेमा अध्ययन गर्ने बताइएको छ ।

बाणिज्यदुत धमलाले उनीहरुको भ्रमणलाई सकेसम्म दुबै देशको हितका लागि उपयोग गरिने जानकारी दिए । धमलाले उनीहरुले नेपाल बसाईको क्रममा नेपालका मन्त्रीहरु, सम्बन्धित निकायका अधिकारीहरुसँग दोहोरो भेट गर्ने कार्यक्रम राखिएको जानकारी गराए ।नेतृ ली नेपालको पर्यटन क्षेत्रमा अझै केही गर्न सकिन्छ भन्ने विश्वास राख्ने भएकाले उनको भ्रमणमा पर्यटनले विशेष महत्व राख्ने धमलाले बताए । ली सहितको टोलीको भ्रमणले नेपालको पर्यटन प्रबर्द्धन र द्विदेशीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
नेपालीहरु मेहनती, मिलनसार मात्र नभएर जिम्मेवार समेत भएको र नेपाल पर्यटनका लागि उपयुक्त स्थान भएकाले समेत  नेपाल पर्यटनका लागि सुरक्षित र सुन्दर छ भन्ने सन्देश दिन आफुले पहल गर्ने जिंग लीले बताएकी छन् ।

उनीहरुको भ्रमणलाई सहयोग गरिरहेका एनआरएनएका सचिव नविन पन्तले ली लगायतका टोलीको भ्रमणलाई कुटनीतिक बनाउन पहलभइरहेको बताए । उनका अनुसार लीको आठ दिने भ्रमणका क्रममा पर्यटनमन्त्री, शिक्षामन्त्रीलगायतका मन्त्रीहरुसँग दोहोरो भेटघाटको पहल भइरहेको छ भने सम्बन्धित मन्त्रालयका अधिकारीहरुसँग समेत भेटघाटको पहल भइरहेको छ । यहाँका नेताहरु मुख्य गरेर नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका विषयमा गम्भीर रहेकाले समेत सोही किसिमको दाहोरो औपचारिक भेटघाटका लागि प्राथमिकता दिइएको हो ।

स्रोत : कान्तिपुर