राजदुत आचार्य भन्छन: नेपालीलाई भारतमा दुख छैन, हल्ला धेरै गरे - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राजदुत आचार्य भन्छन: नेपालीलाई भारतमा दुख छैन, हल्ला धेरै गरे



काठमाडौं- भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले तत्काल भारतमा रहेका नेपालीहरूलाई नेपाल फर्काउन नसकिने बताएका छन् । उनले कोरोना महामारीकै कारण दुवै देशमा लकडाउन भएकाले तत्काल कसैलाई लैजान नसकिने बताएका हुन् ।

राजदुत आचार्यले ऋषि धमलाले लिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् । भारतमा नेपालीहरूको अवस्था चिन्ताजनको भएको र निकै दुख पाएको गुनासो आइरहेका बेला उनले भने भारतमा नेपालीको अवस्था चिन्ताजनक नभएको दाबी समेत गरेका छन् । उनले बाहिर हल्ला धेरै भएको तर बास्तविकता त्यस्तो नभएको दमेत बताएका छन् ।

आचार्यले कतिपय नेपालीहरू अलपत्र परेको सुनेको भन्दै उनीहरूलाई भारत सरकारले हेर्ने बताएका छन् । उनले भनेका छन् ‘कतिपय बाटोघाटोमै पनि अलपत्र परेका छन् भने तिनलाई यहींको सरकारले हेर्छ । उहाँहरुले दुतावासमा पनि खबर गर्नुपर्छ । यहाँबाट पनि सहयोग हुन्छ । त्यसको लागि हाम्रा हेल्प लाइनहरु छन् त्यहाँ भन्नुपर्छ । खानाको पनि बन्दबस्त छ भोकै बस्नुपर्दैन । जथाभावी फोन गरेर दुतावासमा आइपुग्दैन । त्यसकारण यहाँको नम्बरमा फोन गरेर टिपाइदिएपछि हामीले यहाँको सरकारलाई भनेका छौं ।’

अहिलेको अवस्थामा भारतमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सकिन्न ? भन्ने प्रश्नमा आचार्यले सीमा नखुलेसम्म केहिपनि गर्न नसकिने बताएका छन् । उनले भने, ‘लकडाउनले सीमा बन्द भएको अवस्थामा भारतमा रहेका नेपालीहरु फर्कन सक्ने अवस्था हुँदैन । जसरी संक्रमण फैलिरहेको छ, त्यसले यात्रा गर्नेहरुलाई पनि खतरा हुनसक्छ । भारतमा रहेका नेपालीहरुलाई त्यतिबेला मात्रै फर्काउन सक्छौं, ‘जब सीमा खुल्छ।’

पहिला चीनबाट नेपाली ल्याइएको र भारतमा रहेकालाई नेपालीहरुलाई ल्याउन किन सकिँदैन ? भन्ने प्रश्नको जवाफमा उनले ल्याउन त सकिने तर सरकारले नै नल्याउन भनेकाले यो प्रक्रियाबारे तत्काल केहि नहुने बताएका छन् ।

उनले नेपाल लगायत जताततै फोन गरेर समस्यालाई ठुलो बनाएको बाहिर बाहिर हल्ला गरेर खाना पाइने होइन दुतावासमा सम्पर्क गरे मात्र सहयोग पाइने समेत बताएका छन् ।

आचार्यले भारतमा कति नेपाली छन् भन्ने दुतावासलाई समेत थाहा नभएको बताएका छन् । अहिले भारतमा नेपालीहरु कति छन् ? भनेर सोधिएको प्रश्नमा उनले भनेका छन्,
‘ठ्याक्कै तथ्यांकहरु त हामीसँग छैन । तर, भारतमा नेपाली प्रशस्तै छन् । यति लाख भनेर म भन्न सक्दिँन ।’