प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै बैठक बोलाएका छन् ।

बिहिबार साँझ ६ बजे सिँहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो । बिहीबार ४ बजे शीतल निवासमा नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम छ त्यसलगत्तै बैठक डाकिएको हो ।

आजको बैठकमा नव नियुक्त मन्त्रीहरूलाई बधाई सहित मन्त्रालयका नियमित प्रस्तावहरूबाट छलफल तथा निर्णय हुने बताइएको छ ।