भरतमोहन अधिकारीकी छोरी पनि नेकपा (एस)मा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भरतमोहन अधिकारीकी छोरी पनि नेकपा (एस)मा



काठमाडौं- वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्।

यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय भएकी लीमा नेकपा एकीकृत समाजवादीमा आवद्द भएकी हुन् । नेकपा एसमा उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिवसमेत हुन्। अधिकारीले ठूलो बुबा र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको लिमाले बताएकी छन् ।

लिमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन्। स्थापित व्यापारिक घरानाभित्र वैवाहिक सम्बन्धमा रहेकी लिमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेटसम्बन्धी व्यवसायमा संलग्न छ।

उनका श्रीमान् सुदीप आचार्य कामाना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक छन्।