थापालाई लिङ्देनको जवाफ: 'राजावादी पार्टीमा ओलीले हस्तक्षेप गर्दैनन् थापा जी' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

थापालाई लिङ्देनको जवाफ: ‘राजावादी पार्टीमा ओलीले हस्तक्षेप गर्दैनन् थापा जी’



काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी पार्टीमा राजाको हस्तक्षेप हुनु सकारात्मक भन्दै निवर्तमान अध्यक्ष कमल थापालाई जवाफ दिएका छन् ।

आइतवार बिहान चुनावको मत परिणाम आएसँगै थापाले सामाजिक सञ्जालमार्फत पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै टिप्पणी गरेका थिए ।

उनले सिङ्गो देश गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको पनि गुनासो गरेका थिए ।

यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै थापालाई नवनिर्वाचित अध्यक्ष लिङ्देनले लेखेका छन् : ‘राजावादी पार्टीमा राजाको सकारात्मक हस्तक्षेप नभएर खड्ग ओलीको हस्तक्षेप मान्य हुन्छ त कमल थापा जी ?’
चुनावमा थापा लिङ्देनसँग दुई सय मतले पराजित भएका थिए ।