सिटौलाले बढाउन सकेनन् मत, लिङ्देनको लगातार लिड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सिटौलाले बढाउन सकेनन् मत, लिङ्देनको लगातार लिड



विराटनगर- झापाको निर्वाचन क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले १,३९० मतको अग्रता लिएका छन् ।

कूल ९,०१२ मतगणना हुँदा लिङ्देनले ४,९१९ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३,५२९ मत प्राप्त गरेका छन् ।

प्रदेशको क्षेत्र ‘क’ मा कांग्रेस र ‘ख’ मा एमालेका उमेदवार अगाडि छन् ।

प्रदेशतर्फ ‘क’ मा कांग्रेसका भूमिप्रसाद राजवंशीले ५,९४९ र एमालेका बसन्तकुमार बानियाँले ५,७९० मत प्राप्त गरेका छन् ।

प्रदेश ‘ख’ मा एमालेका छविलाल चुँडालले २,९४२ र माओवादी केन्द्रका पूर्णसिंह राजवंशीले १,७७४ मत ल्याएका छन् ।