साबधान ! लिपस्टिकको प्रयोगले क्यान्सर हुन सक्छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

साबधान ! लिपस्टिकको प्रयोगले क्यान्सर हुन सक्छ



एजेन्सी – महिलाले दैनिक प्रयोग गर्ने सौन्दर्य सामग्रीमध्ये सबैभन्दा बढी प्रयोग हुने कुन होला ? प्राय सबैको जवाफ हुन्छ, ‘लिपस्टिक’ । ओठलाई सुन्दर देखाउने ‘लिपस्टिक’ महिलाले घरमा बस्दा समेत प्रयोग गर्ने गर्छन् ।

अहिले त पुरुषले समेत लिपस्टिक प्रयोग गर्ने गरेका छन् । पुरुषले प्रयोग गर्ने लिपस्टिक समेत बजारमा किन्न पाइन्छ । सुन्दरतालाई महत्व दिएर हामीले प्रयोग गर्ने लिपस्टिकले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ त ?

आज हामी तपाईंलाई एक अध्ययनबाट पत्ता लागेको तथ्यबारे जानकारी दिँदै छौं । उक्त अध्ययनअनुसार लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको फेला परेको छ ।

लिपस्टिकमा सीसा (लिड)को प्रयोग हुन्छ । उक्त लिड मानवीय स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।

केही समय अगाडि ‘गूड मर्निङ अमेरिका’ पत्रिकाले लिपस्टिकमा लिडको प्रयोगबारे अध्ययन गरेको थियो । अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुन्छन् ।

साथै सीसाका कारण तपाईंको सोच्ने र सिक्ने क्षमतामा समेत ह्रास आउन सक्छ । यदि तपाईं पनि दैनिक रुपमा लिपस्टिक प्रयोग गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस्, कतै सुन्दर बन्ने तपाईंको चाहना स्वास्थ्यका लागि खतरानाक साबित त भइरहेको छैन ?