लिस्नु कपमा आज वालिङ नगरपालिका र राधाकृष्ण फुटबल क्लब बिच प्रतिस्पर्धा हुने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लिस्नु कपमा आज वालिङ नगरपालिका र राधाकृष्ण फुटबल क्लब बिच प्रतिस्पर्धा हुने



बुटवल, २२ भदौ । १७ औँ लिस्नु कप  नकआउट फुटवल  प्रतियोगिताका बिहीबार अन्तिम क्वाटर फाइनल खेलमा वालिङ नगरपालिका र राधाकृष्ण फुटबल क्लब बुटवल बिच प्रतिस्पर्धा हुदैछ।
यसअघि हिजो भएको तेस्रो क्वाटरफाइनल खेलमा सुपौली फुटबल क्लब सुपौली रुपन्देही विजयी हुंदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पशुपति उच्च मावि कोटिहवाको मैदानमा  सम्पन्न खेलमा सुपौली एवाईसी अञ्चलपूर भैरहवाविरुद्ध ट्राइब्रेकरमा चार गोलका विरुद्ध पांच गोलले विजयी भएको हो ।

खेलको निर्धारित समयमा दुबै टिमले एक एक गोलको बराबरी खेलेका थिए । सुपौलीलाई जित दिलाउन विश्वास श्रेष्ठ,अनिल गुरुङ, सुरज हमाल,आशिष गुरुङ र कालु थापा पांचै जनाले  गोल गर्न सफल भएका थिए ।

एवाईसीका निरजन खड्का,दीपक गुरुङ,विश्वास लिम्बु र अचल खत्रीले ट्राइब्रेकर प्रहारलाई  जाली चुमाउन सफल भएका थिए । तर  प्रकाश बुढाथोकीको प्रहार गोल हुन असफल भएसंगै  एवाईसी पराजित भयो ।

बुधबारको खेलमा सुपौलीका खेलाडी कमल थापा म्यान अफ द म्याच घोषित भए । भदौ २६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही, नवलपरासी,स्याङजा जिल्लाका गरी १६ वटा टिमको सहभागिता  रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले  २ लाख, उपविजेताले  १ लाख र सेमिफाइनलमा पुग्ने २ टिमले सान्त्वना पुरस्कार २५–२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।