LIVE : यू–१९ एसियाकप क्रिकेटः नेपाल र अफगानिस्तान भिड्दै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

LIVE : यू–१९ एसियाकप क्रिकेटः नेपाल र अफगानिस्तान भिड्दै



काठमाडौं । १९ वर्ष मुनिको एसीसी (यू–१९) एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तानबीच खेल सुरु भएको छ ।

अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा खेल नेपाली समयअनुसार बिहान ७:१५ बजेदेखि खेल सुरु सुरु भएको हो ।

समूह चरणमा पहिलो पटक भारतलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्ने पक्का छ । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । आइतबारको खेलमा नेपालसँग पराजित भएको डिफेन्डिङ च्याम्पियन भारत मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछिसमूह चरणबाटै बाहिरिएको थियो