लिभरपुललाई विज्नाल्डमले जिताए - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लिभरपुललाई विज्नाल्डमले जिताए



एजेन्सी । प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।

सेफिल्डको घरेलु मैदानमा भएको खेमला लिभरपुलको अपराजित यात्रा कायम राख्न जर्जिनियो विज्नाल्डमले निर्णायक गोल गरे । लिभरपुले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । लिभरपुलका लागि विज्नाल्डमले खेलको ७० औँ मिनेटमा निर्णायक गोल गर्दै क्लबलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसँगै लिभरपुलले ७ खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा छ । लिभरपुल साविकको विजेता टोली म्यानचेस्टर सिटी भन्दा ८ अंकले अघि रहेको छ । पराजित सेफिल्डले सात खेलबाट ८ अंक जोडेको छ ।