आत्महत्या रोक्न छोटो चलचित्र निर्माण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आत्महत्या रोक्न छोटो चलचित्र निर्माण



बुटवल । आत्महत्या गर्ने सामाजिक समस्यालाई मध्यनजर गर्दै बुटवलमा एक छोटो चलचित्रको प्रेमियर शो गरिएको छ ।
बुटवल उप–महानगरपालिकाका नगर प्रमुख शिवराज सुबेदी को प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा बुटवल ईलाका प्रहरी कार्यालयका डि. एस. पि. केशव भट्टराई र बुटवल एनप्याबसनका अध्यक्ष देउ प्रकाश राई र कार्यक्रम अध्यक्ष बुटवल ग्लोबल रिचका ब्रान्च प्रमुख विशाल श्रेष्ठ रहेका थिए ।

अहिलेको युवाहरुमा देखिएको समस्या र मृत्यु नै समाधान हो सोच्नेहरुलाई सही बाटो देखाउने र अहिलेको उक्त सामाजिक समस्यालाई न्युनिकरण गर्न चलचित्रले ठुलो भूमिका खेल्ने कुरा २५ मिनेटको उक्त चलचित्र हेरेर नगर प्रमुख शिवराज सुबेदीले भने ।

डि. एस. पि. केशव भट्टराईले पनि उक्त कार्यक्रममा बोल्दै, यो काम आफुहरुको पनि भएको बताउँदै यो टिमले फिल्म बनाएर, क्याम्पेन सुरु गरेर धेरै राम्रो काम सुरु गरेको प्रति खुशि ब्यक्त गरे । प्याब्सन जिल्ला अध्यक्ष देउ कुमार राइले बोल्दै चलचित्रले दिएको सन्देश आजकालका युवाको लागी अत्यावश्यक रहेको बताए ।

त्यसै कार्यक्रममा बोल्दै कार्यक्रम अध्यक्ष विशाल श्रेष्ठले उक्त फिल्म बनाउनुको उद्देश्य र उक्त क्याम्पेनको बारेमा बुझाउदै, अहिलेका युवा हरुमा देखिएको समस्यालाई मध्यानअजर गर्दै टिमले उक्त चलचित्र निर्माण गरेको र उक्त सामाजिक काममा आफुले र आफ्नो संस्थाले साथ दिन पाएकोमा धेरै भाग्यशाली ठानेको बताए ।

लाफ नेपाल लाफ र ग्लोबल रिचले यो फिल्म सँगै सुसाईड अवारनेस क्याम्पेयन गर्ने र उक्त क्याम्पेन अन्तर्गत स्कुल र कलेजका बिद्यार्थीहरुलाई उक्त फिल्म देखाउने र मोटिभेसनल स्पीच दिने र युवाहरुमा मृत्यु समाधान हैन है भन्ने कुरा अवगत गराउने योजनाहरु रहेको बताए । टिमले गर्न लागेको उक्त सामाजिक काममा बिभिन्न संघ सस्था, बिभिन्न ब्यक्तित्व सबैले आफ्नो तर्फबाट साथ दिनुहुन आग्रह पनि उनले आग्रह गरे ।

पछील्लो समयमा घटीरहेका आत्महत्याका घटनालाई मध्यनजर गरेर तेस्लाई कम गर्ने उदेस्यका साथ “लाफ नेपाल लाफ’ र ग्लोबल रिच नेपाल को सम्योजकत्वमा “ सुसाईड अवारनेस क्याम्पेय लाई अगाडि बढाएका छन। उक्त क्याम्पेनको लागि लाफ नेपाल लाफ टिमले एउटा छोटो चलचित्र निर्माण गरेको छ। सुरज रेग्मी को कथा र निर्देशनमा बनेको उक्त चलचित्रमा सुरज रेग्मी सँगै रोसनी भण्डारी, चिरन बराल, ललिता भुसाल, ऐशवोर्य ढुंगाना, उत्तम नेपाल र बिशु खरेल लाई कलाकारका रुपमा देख्न सकिन्छ।

एउटा युवकको प्रेम सम्बन्धबाट धोखा पाएर डिप्रेसनमा गएर आफुलाई कम्जोर बनएर आत्महत्त्या गर्ने सोच आउने सम्मको सामाजिक कथाबस्तुलाई उक्त फिल्ममा उतारिएको छ। आत्महत्या गर्नाले के कस्तो असर आफ्नो परिवार र आफ्ना मान्छेहरुलाई पर्न जान्छ भन्ने कुर उक्त फिल्ममा देखाइएको छ भने कसरी एक युवकमा राम्रो सोच आएर आफुलाई राम्रो बाटो तर्फ लैजान्छ, त्यस बिषयबस्तु हेर्न लायक छ ।