लकडाउन अवधि बढाउने तयारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लकडाउन अवधि बढाउने तयारी



काठमाडौं – सरकारले लकडाउनको समयावधी बढाउने तयारी गरेको छ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाएर २१ दिन पुर्याउन लागिएको हो ।

सरकारले अहिलेकै अवस्थामा लकडाउन खोल्ने अवस्था नरहेकाले थप कडाइ गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

सरकारले चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो । भारतले कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ ।