विश्व स्वास्थ्य संगठनले भन्यो: लकडाउनले कोरोना संक्रमण रोक्न सकिन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विश्व स्वास्थ्य संगठनले भन्यो: लकडाउनले कोरोना संक्रमण रोक्न सकिन्न



एजेन्सी – विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोक्न चीन र सिंगापुरले अपनाएको मोडल अपनाउन आग्रह गरेको छ ।

विश्वकै धेरै जनसंख्यामध्येको एक भएको भारतलाई चेतावनी दिँदै डब्लूएचओले लकडाउन मात्रले कोरोना भाइरसको संक्रमण रोक्न नसकिने बताउँदैं कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीन र सिंगापुरको मोडल अपनाउन अपिल गरेको हो ।

विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यले लेखेका छन, ‘कोरोना भाइरसको महामारी रोक्न भारतले चालेका कदम तारिफयोग्य छ, तर लकडाउनले मात्र पुग्दैन । भारतले चीन र सिंगापुरको मोडल अपनाउनुपर्छ ।’

डब्लूएचओले भारतलाई कोरोना भाइरसबाट संक्रमित मानिसहरुको पहिचान छिटोभन्दा छिटो गर्न आग्रह गरेको छ ।