फेरि लकडाउन लम्ब्याउने तयारी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

फेरि लकडाउन लम्ब्याउने तयारी



काठमाडौं- कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनलाई लम्ब्याउने तयारी गरेको छ। समितिले कम्तीमा चैतसम्म लकडाउन लम्ब्याउने तयारी गरेको बुझिएको छ ।

१७ गते बसेको उच्चस्तरीय समिति बैठकले २५ गतेसम्म कायम राख्ने निर्णय गरेको थियो । सरकारले पहिलोपल्ट चैत ११ देखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो ।

बिहीबार बसेको समितिको बैठकले केही खुकुलो पारे पनि चैतसम्म लकडाउन कायमै राख्ने तयारी गरेको स्रोतले जनाएको छ । सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोकेकोले त्यतिबेलासम्म लकडाउन कायमै रहन सक्ने स्रोतको भनाइ छ ।

कोरोना सङ्क्रमण र रोकथाममा प्रभावकारी काम भने हुनसकेको छैन। चीनबाट खरिद् गरेर ल्याइएको किट्सको गुणस्तरीयतामै चिकित्सकले शङ्का गरेपछि परीक्षणको दायरा बढ्न सकेको छैन ।

स्वास्थ्य सेवा विभागले चिकित्सा सामग्री खरिद्को जिम्मा पाएको ओम्नी समूहसँग सम्झौता रद्द गरिसकेकाले प्रक्रियामार्फत् ल्याउन कम्तीमा दुईसाता लाग्ने बताइएको छ । सरकारले चिकित्सा सामग्री खरिद्का लागि रक्षा मन्त्रालयमार्फत् नेपाली सेनालाई दिने र त्यसको समन्वय स्वास्थ्य मन्त्रालयले गर्ने तयारी गरेको छ ।