लोग्ने मान्छेले जस्तै पचाउन सिक्नुस् - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लोग्ने मान्छेले जस्तै पचाउन सिक्नुस्



डियर दुर्गा जी

सिधै टपिक मा आऊ । आजकाल त फिलिम को समीक्षा पढ्न, फिलिम हेरेको जति समय लाग्ने भएछ है ? बाइ द वे , त्यो तपाईँको लेखलाई समीक्षा भन्न मिल्ला र? फिलिमका बारेमा भन्दा धेरै त दिपा र दीपक को व्यक्तित्व लाई प्रहार गर्नुभएको छ।

मैले छक्का पन्जा २ हेरेको छैन, हेरेर तपाईँलाई चिट्ठी लेखुकी भन्ने सोचेको थिए तर मन नै थाम्न सकिन, त्यसैले छक्का पन्जा १ लाई आधार मानेर तपाईँलाई चिट्ठी लेख्दैछु । छक्का पन्जा १ मलाई खासै मन परेको फिलिम भने होइन, तर महिला लाई यस्तो उस्तो देखायो भनेर मन नपरेको चाइ होइन है । त्यो फिलिमले हसाउने सिन मा नि मलाई हसाउन सकेन त्यही भएर हो ।

ल अब तपाईँको चिट्ठी तिर जाऊ, तपाईँको चिट्ठी पढे पुरै। २ चोटि गरेर पढे । सुरु को चोटि, यस्तो दिक्क लाग्यो कि पुरै पढ्नै सकिन | अनि दोस्रो चोटि फेरी पुरै पढे। एउटा काल्पनिक कथा मा आधारित नाटक लाई कति धेरै सिरियस्ली लिएको होला भनेर दिक्क लाग्यो।
एउटा प्रश्न तपाईँलाई, साची कति जना जति मान्छे फिलिमबाट केही सिक्न भनेर हल जान्छन होला ? कति ले फिलिमबाट शिक्षा लिन्छन होला? र कति ले फिलिम बाट लिएको शिक्षा आफ्नो जीवन मा लागु गर्छन् होला ? मेरो नजरमा त त्यस्तो कोही नि छैन । बच्चा बेलामा भाडा कुटी खेलिन्थ्यो, अचेल फिलिम हेरिन्छ, बच्चा मा स्कुल गैन्थ्यो, अचेल आफ्नै जीवन बाट सिकिन्छ | भाडा कुटी लाई रिप्लेस गर्न बनाइएको हो नि हल र फिलिम, स्कुललाई होइन नि ।

लेख्नुस् न बरु स्कुल पढ्ने नानी हरुलाई हल जान रोक लगाउनु पर्‍यो भनेर, म नि साथ दिन्छु । तपाईँलाई फिलिम भनेको काल्पनिक हुन्छ र मनोरन्जनको लागि हेरिन्छ भन्ने त थाहा नै छ । मैले भनिरहन नपर्ला ।

हाम्रो समाज मा तपाईँ जस्तो आदर्शबादी महिला पनि छन्, दिपा जस्तो महिला पनि छन्, अर्चना पनेरु जस्ता महिला पनि छन् । सबै आँफै जस्तो भैदिउन् भनेर भएन नि दुर्गा जी । नारी सधैँ सही हुन्नन भनेर तपाईँ आँफै लेख्नुहुन्छ । दिपा जी पनि त नारी नै हो, उहा लाई त फिलिम ठिकै लाग्यो त । अनि जहाँ सम्म मलाई लाग्छ दिपा जी “सुडेनी” जस्तै चाइ अवश्य हुनुहुन्न ।

फिलिमको विरोध गर्न छोड्नुस | कलाकार लाई आफ्नो काम गर्न दिनुस् | तपाईँ आँफै आफूलाई हल्का बनाउँदै हुनुहुन्छ | एउटा काल्पनिक नाटक को विरोध गरेर। तपाईँ आफूलाई मात्र होइन, हामी महिला अधिकार का बारेमा बोल्ने सबैलाई हल्का बनाइरहनु भएको छ । तपाईँ लेख लेख्नुहुन्छ , मान्छे हरू सबै महिलाबादी लाई मुच्छन । त्यो भित्र म पनि पर्छु ।

जब हामी सिनेमा मा पनि आदर्शबादी महिला खोज्छौ भने, के हामी राजा जस्तै व्यक्तित्व भएको महिला लाई जीवनमा स्विकार्न सक्छौ ? समाजले राजा लाई त स्विकार्यो, पुरुष पात्र लाई लिएर त कुनै पुरुष ले चिट्ठी लेखेन । तपाईँलाई चाइ चिट्ठी लेख्न पर्ने गरी नराम्रो किन लाग्या हो मैले बुझ्न सकिन ।

यदि हक अधिकार र समानता का कुरा गर्नु हुन्छ भने, आफूलाई बदलनुस् | पुरुष जस्तै पचाउन सक्नुस् । आफू चाइ उही सुकुमारी रहने अनि समाजले पुरुषलाई जस्तै समान देखोस् भन्ने आस गर्ने ? यो त भएन नि । लोग्ने मान्छे रक्सी खाएर नालिमा लडे समाजले खासै चासो दिदैन, महिलालाई चाइ सिनेमामा यस्तो उस्तो देखायो भनेर “गनगन” ।

-बनिता खनाल