भ्रष्टाचारीहरुले देश खाए ः डा. लोहनी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भ्रष्टाचारीहरुले देश खाए ः डा. लोहनी



भैरहवा ः एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय अध्यक्ष डा. प्रकास चन्द्र लोहनीले देशले भ्रष्टाचारीहरुलाइ खानुको अलवा भ्रष्टाचारीहरुले देशलाइ खाएको तर्क गरेका छन् । तीन ठुला दलहरुलाइ संकेत गर्दै उनले पछिल्लो समय देशमा मौलाउँदै गएको भ्रष्टाचारको अन्त्य हुन नसके जति चिल्ला कुरा गरेपनि देशमा परिवर्तन नहुने ठोकुवा गरेका छन् ।

आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि कपिलवस्तु र रुपन्देहीका सभाहरुलाइ सम्बोधन गर्न आएका लोहनीले भैरहवामा पत्रकारहरुसंग कुरा गर्दै आगामी निर्वाचनमा आफुहरुले अगाडी सारेका एजेण्डाहरु जनतामाझ पु¥याउन सके निर्वाचनमा नसोचेको जित हात पर्ने दावी गर्दै पार्टीका एजेण्डाहरु जनतासामु पु¥याउन कार्यकर्ता तथा उम्मेदवारहरुलाइ आग्रह समेत गरे ।

आफुहरुले मुख्य रुपमा ५ वटा एजेण्डाहरु लिएको बताउँदै उनले सबै धर्मको सम्मान गर्दै नेपालको पहिचान अनुसार सनातन हिन्दु राष्ट्र कायम गर्ने, राष्ट्र प्रमुखमा राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने, भ्रष्टाचार मुक्त समाजको निर्माण गर्ने, कृषि, उद्योग, जलश्रोत र पर्यटनको बिस्तार गरी सबै नेपालीहरुलाइ पाँच बर्षभीत्र देशमै रोजगारीको व्यवस्था गर्ने, हिमाल, पहाड, तराइ लगायत सम्पूर्ण नेपालीहरुको स्वाभीमान र आत्मसम्मानको रक्षा गर्ने लगायतका एजेण्डाहरु आफ्नो पार्टीले अगाडी सारेको बताए । आगामी निर्वाचनको लागि ९५ स्थानबाट प्रतिनिधिसभा र १ सय २० स्थानबाट प्रदेससभाको निर्वाचनको लागि आफ्नो पार्टीले प्रत्यक्षमा उम्मेदवारी दिएको बताउँदै डा. लोहनीले राष्ट्रिय पार्टीको रुपमा आफ्नो पार्टीलाइ स्थापित गर्ने कुरामा कसैलेपनि रोक्न नसक्ने हुँदा संका नगर्न आग्रह गर्दै आफ्नो पार्टीको चुनाव चिन्ह चार कुना भित्रको हलोमा मतदान गर्न सम्पूर्णलाइ आग्रह समेत गरे ।

पार्टीले रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि जितेन्द्र प्रसाद थारु, प्रदेशसभा १(२) का लागि यागेन्द्र प्रसाद कुर्मी, क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि लक्ष्मी प्रसाद पाठक, प्रदेशसभा २(१) का लागि भुना कुमारी न्यौपाने, क्षेत्र नंं. ३ बाट प्रतिनिधिसभाका लागि कमलराज शर्मा उपाध्याय, प्रदेशसभा ३(१) का लागि ध्रुव नारायण लाल कर्ण, २(२) का लागि दुर्गा बहादुर कार्की, क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि अम्बिकामणि त्रिपाठी, प्रदेशसभा ४(१) का लागि रफिक शाह, क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाको लागि सूर्यनाथ यादव, प्रदेशसभा ५(१) मा विरेन्द्र कुमार धवल (भोटे भाई) ले उम्मेदवारी दिएको पार्टीका केन्द्रीय सह महामन्त्री तथा रुपन्देही प्रचारप्रसार संयोजक कैलास गुरुङले बताए । पत्रकार सम्मेलनमा जिल्ला स्तरीय विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।